काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आजको बसेकाे मन्त्रिपरिषदकाे बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको हाे ।

OM Sai Pathibhara Hospital

समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत रहेका छन् ।