समाचार

    Showing 18,321-18,330 of 25,945 items.
  • भारतीय नागरिक करिब सात लाखका सुनका गहनासहित पक्राउ

    काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।उनका अनुसार सोनीको साथबाट रु छ लाख ७८ हजार एक सय ८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 273 पटक पढिएको
  • अख्तियारद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि उक्त रकम जम्मा गरिएको हो ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेस्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 168 पटक पढिएको
  • नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस

    काठमाडौं   ।   नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीका पाँच सय १३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।प्रहरी प्रधान कार्यालयको बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको बताइएको छ।हेर्नुस् सूची :-

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 395 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भ

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 205 पटक पढिएको
  • बङ्लादेशमा रेल दुर्घटना एक जनाको मृत्यु

    काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको छन।रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो । विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्ल

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 191 पटक पढिएको
  • टिकटक प्रतिबन्ध विरुद्धको मुद्दाको सुनुवाई पेशी २०८१ साल बैशाख २७ गते

    काठमाडौं । टिकटक प्रतिबन्धको विरुद्धमा हालिएको रिटको अर्को पेशी अर्को वर्षका लागि तोकिएको छ । आजका पेशी हुने भनिएको उक्त मुद्दा  ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेशी २०८१ साल बैशाख २७ गतेका लागि तोकिएको हो । योसँगै अब सर्वोच्चमा टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्धको रिटमाथि अर्को वर्षमात्रै सुनुवाई हुनेछ । यसअघि सर्वोच्चले मंसिर ७ गते टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि मंसिर १९ गते टिकटकविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्चले अर्को पेशी आजका लागि तोकेको थियो । तर, आज पनि टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘ह

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 327 पटक पढिएको
  • बारामा एकको मृत्यु, अश्रुग्यास र राउण्ड हवाइ फायर

    काठमाण्डौ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरी ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाइ फायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका ल

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 300 पटक पढिएको
  • प्रधानमन्त्रीलाई बुझायो आयोगले मिटर-ब्याज सम्बन्धी प्रतिवेदन

    काठमाण्डौ   ।   सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।प्रतिवेदन बुझेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन कार्यान्वयनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे। सुरूमा तीन महिनाको लागि गठन गरिएको आयोगको म्याद एकपटक तीन महिना र अर्कोपटक दुई महिना थप गरिएको थियो। आठ महिनाको अध्ययन र कामपछि आयोगले प्रतिवेदन बुझाएको हो।अब अनुचित लेनदेनक

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 304 पटक पढिएको
  • जनजाति महासंघ झापाका अध्यक्ष चौधरी पक्राउ

    झापा    ।    प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै  प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मङगलबार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । चौधरिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 435 पटक पढिएको
  • कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदै

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको आरोप लागेको छ।मङ्गलवार जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाइ नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको थियो। मुद्दाको निरन्तर सुनुवाइ आज जारी रहनेछ । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।हत्यामा तत्कालीन मधेसवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद)लक्

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.