झापा । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मङगलबार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।
कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । चौधरिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।
लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
सगरमाथा पेट्रोल पम्पअगाडि कालोझन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ ।