काठमाडौं । टिकटक प्रतिबन्धको विरुद्धमा हालिएको रिटको अर्को पेशी अर्को वर्षका लागि तोकिएको छ । आजका पेशी हुने भनिएको उक्त मुद्दा  ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेशी २०८१ साल बैशाख २७ गतेका लागि तोकिएको हो । योसँगै अब सर्वोच्चमा टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्धको रिटमाथि अर्को वर्षमात्रै सुनुवाई हुनेछ । 

यसअघि सर्वोच्चले मंसिर ७ गते टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि मंसिर १९ गते टिकटकविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्चले अर्को पेशी आजका लागि तोकेको थियो । तर, आज पनि टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो । अब भने टिकटक प्रतिबन्धविरुद्धको मुद्दाको अर्को पेशी अर्को वर्षलाई तोकिएको छ। 

OM Sai Pathibhara Hospital

सरकारले गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ वटा रिट दायर भएका छन् ।