काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको छ ।

OM Sai Pathibhara Hospital

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि उक्त रकम जम्मा गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेस्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरिएको छ।