समाचार

    Showing 18,021-18,030 of 25,938 items.
  • मेलम्चीको पानी काठमाडौँमा आजदेखि वितरण

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट आज काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउ

    • प्रकाशित मितिः माघ १, २०८०
    • 257 पटक पढिएको
  • आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स

    • प्रकाशित मितिः माघ १, २०८०
    • 427 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। रातिको

    • प्रकाशित मितिः माघ १, २०८०
    • 204 पटक पढिएको
  • हर्क साम्पाङको मनपरी तन्त्र, कानूनबाहिरको आदेश नमान्ने उपमेयर बेघाको चेतावनी

    काठमाडौँ । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद भएको हो।हर्कले उपमेयर बेघाका विषयमा बोलिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको विषयमा चर्का चर्की परेको हो ।बैठकहरूमा सधैँ शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जङ्गिएका थिए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडिओबारे कुरा उठाएका थिए । बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अँठ्याएको आरोप लगाएका छन।

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 448 पटक पढिएको
  • भन्सार छलीको कपडा बरामद

    काठमाण्डौ  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ ।भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार  थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनरसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।बरामद

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 387 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका अधिकांश स्थानहरू हुस्सु-कुहिरोले ढाकेको महाशाखाले बताएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 177 पटक पढिएको
  • बझाङमा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

    काठमाण्डौ  ।   बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 195 पटक पढिएको
  • बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 391 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । तराईका अधिकांश स्थानमा आज (शनिबार बिहान) हुस्सु र कुहिरो लागेको छ। जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ।सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम  सफा रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 190 पटक पढिएको
  • दाङको राप्ती नदीमा यात्रु बस खस्यो, उद्धार जारी

    काठमाडौं । नेपालगन्जदेखि काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ । भे.१ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हो ।दाङको भालुवाङस्थित राप्ती नदीमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट भएको क्षतिबारे एकिन भइसकेको छैन । बसमा ३० यात्रु चढेका थिए । प्रहरी घटनास्थलमा पुगेको र उद्धार भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परेका बसका चालकको सकुशल उद्धार गरिएको छ ।दाङका प्रहरी प्रवक्ता (डीएसपी) जनक मल्लले दुर्घटनामा केही मानवीय क्षति भएको तर पुष्टि नभएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.