काठमाडौँ । तराईका अधिकांश स्थानमा आज (शनिबार बिहान) हुस्सु र कुहिरो लागेको छ। जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ।

सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम  सफा रहेको छ । 

OM Sai Pathibhara Hospital

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।