काठमाडौँ । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद भएको हो।हर्कले उपमेयर बेघाका विषयमा बोलिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको विषयमा चर्का चर्की परेको हो ।

बैठकहरूमा सधैँ शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जङ्गिएका थिए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडिओबारे कुरा उठाएका थिए । बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अँठ्याएको आरोप लगाएका छन। उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे ।

OM Sai Pathibhara Hospital

‘तपाईँले खेलाँची गरेको हो ? किन शेयर गर्नुभयो ?’, उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईँलाई काँधमा आँखा चिम्लेर बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’ उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईँले बनाएको हो ? कानून बाहिरको तपाईँको आदेश मान्दिनँ ।’ उनले स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार माग गरेका थिए । जवाफमा मेयर साम्पाङ्गले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए।