काठमाडौं । नेपालगन्जदेखि काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ । भे.१ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दाङको भालुवाङस्थित राप्ती नदीमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट भएको क्षतिबारे एकिन भइसकेको छैन । बसमा ३० यात्रु चढेका थिए । प्रहरी घटनास्थलमा पुगेको र उद्धार भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परेका बसका चालकको सकुशल उद्धार गरिएको छ ।

OM Sai Pathibhara Hospital

दाङका प्रहरी प्रवक्ता (डीएसपी) जनक मल्लले दुर्घटनामा केही मानवीय क्षति भएको तर पुष्टि नभएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।