काठमाण्डौ  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ ।Screenshot_2024_0114_211030

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार  थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनरसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।Screenshot_2024_0114_211113

बरामद गरिएको कपडासहित ट्रक र मानिसलाई आवश्यक कारबाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी भट्टले जानकारी दिएका छन।