काठमाडौं । नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।FB_IMG_1705109616943

OM Sai Pathibhara Hospital

काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।Screenshot_2024_0113_071916

मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको कार्यालयकी प्रहरी जवान रेनु बोहराले जानकारी दिइन्। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताइन्।Screenshot_2024_0113_070112

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजना बुटवल र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र  नियन्त्रणमा रहेको बोहराले जानकारी दिइन्।Screenshot_2024_0113_091248Screenshot_2024_0113_085905