काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु तीन अर्ब, नागरिक लगानी कोषले रु दुई अर्ब, माछापुच्छे्र बैंकले रु एक अर्ब ४५ करोड, एभरेष्ट बैंकले रु एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा व
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए ।गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा
काठमाडौँ । दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०÷७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो । यो दिवस न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए । यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयु
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । ‘विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान तथा सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘झडपका क्रममा घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्नु, एकापसमा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारमा दुई वर्षअघि निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको छ । रु पाँच लाखमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको शौचालयमा ट्याङ्की राखिए पनि पानीको व्यवस्था नहुँदा प्रयोगमा आउन नसकेको हो ।‘पानीको व्यवस्था गर्न नल्का (धारा) मा जडान गरिएको विद्युतीय मोटरसहित नल्का चोरी भएपछि निर्माण भएको शौचालय प्रयोगमा आउन सकेको छैन’, शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरले भने, ‘शौचालयमा रङ्गरोगन गरिएको छैन, शौचालयसम्म पुग्ने बाटो, घेरबार केही छैन । निर्माण मात्रै भए पनि प्रयोगमा ल्याउन सकिएको छैन ।’ वडासँगै थोरै बजेट हुँदा शौचालय प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।न
धरान (सुनसरी) । इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्छिन् । उनी पूजाका लागि दन्तकाली मन्दिरमा जान्छिन् । ‘दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको समयमा म सधैँ दन्तकाली मन्दिरमा पूजा गर्न आउँछु, यहाँ आएर पूजा गर्न पाउँदा मन प्रशन्न हुन्छ’, उनले भनिन् ।धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा स्वास्थानीको व्रत सुरु भएपछि बिहानैदेखि दर्शननार्थीको भीड लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण मन्दिरमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थितिका कारण भिड लाग्ने गरेको छ । मन्दिरका पूजारी विश्वराज
दमौली (तनहुँ) । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गरेका थिए ।महामहोत्सवमा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिए । उनले भने, ‘शनिबार देशका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।’ विश्व जागरण महाअभियान
काठमाडौं— नेपालमा बसाइँसराई तीव्र गतिमा बढिरहेको छ । आधुनिक सेवा सुविधा खोज्दै शहर बजारमा बसाइँ सर्ने दिन प्रतिदिन बढेका छन् । विगतलाई हेर्ने हो भने भौतिक पूर्वाधारको अभावले मानिसहरू शहर वा विकास भएका ठाउँमा बसाइँ सर्ने प्रवृत्ति थियो ।तर, पछिल्लो समय गाउँमा बाटो घाटो, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायत सेवा सुविधाहरू पुग्दा-पुग्दै पनि शहरको आकर्षण बढेको देखिन्छ ।राष्ट्रिय जनगणना, २०७८ अनुसार पछिल्लो पटक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कुल जनसंख्या ९३ लाख ४१ हजार ४०८ छ । सबैभन्दा पहिले राष्ट्रिय तथ्याङ्क कार्यालयलको जनगणनाले देखाएको बसाइँ सर्नुका प्रमुख कारणबारे चर्चा गरौं ।यसरी मान
काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउतोकेको छ ।आइतबार गोलभेँडाठूलो न्यूनतममूल्य ६० रुपैयाँप्रतिकिलोमा बिक्रीभइरहेको छ ।यसैगरी सानो गोलभँेडालोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दालोकल १०, बन्दा तराई १०, बन्दानरिवल १०, स्थानीयकाउली १०, स्थानीयकाउलीज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँप्रतिकिलो बिक्रीभएको छ ।यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.