समाचार

    Showing 11,631-11,640 of 23,643 items.
  • आजदेखि नयाँ वर्ष २०८२, देशभर शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

    काठमाण्डौ  । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ।विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 297 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९९ रुपैय

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 347 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  आज देशको कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको भइ रहेको छ।दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 304 पटक पढिएको
  • रवि लामिछानेको अदालतमा दायर भएको रिट निवेदन सुनुुवाई सकियो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ ।  आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो । मुद्दामा आदेश आइतबार (आज) नै आउने बताइएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।उक्त आदेशपछि उनलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 197 पटक पढिएको
  • वीरगञ्जको निषेधाज्ञा (कर्फ्यु) को समय लम्बियो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 264 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा विभिन्न जिल्लाका १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्। उनले आइतबार १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरेका हुन्।प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 185 पटक पढिएको
  • समाजवादी प्रेस सङ्गठनद्वारा स्व. पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग गर्यो

    काठमाडौं— समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ।सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले शनिबार उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो। यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उनको निधन भएको थियो।त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताए।“भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ। यो प्

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 152 पटक पढिएको
  • सहकारी पीडितः आन्दोलनले आवागमन अस्तव्यस्त भयो रत्नपार्क क्षेत्र

    काठमाडौं— सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । कार्यालय समयमै र्‍याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।“अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्‍याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,” गिरिले भने । 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 153 पटक पढिएको
  • हनुमान जयन्तीः कर्फ्यू जारी भएपछि वीरगंजको अवस्था सामान्य बन्दै

    काठमाडौं— हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारी छ। झडप अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो।  पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ। अहिले अवस्था सामान्य रहेको र कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।  हिजो साँझ पाँच बजेतिर शोभायात्रामा निस्केको समूह

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 162 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

    काठमाडौं— भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 253 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.