काठमाडौँ – रुपन्देहीको सियारी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
सियारी गाउँपालिका–७ भर्थापुरमा शनिबार बेलुका ना ६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।
मायादेवी गाउँपालिका–७ गर्गटी निवासी धवलको भैरहवा स्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक २८ वर्षीय विनोद धवल, राममिलनका छोरा, दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र खुट्टामा चोट लागेको जनाउँदै प्रहरीले भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको गति र अनियन्त्रित अवस्था प्रमुख कारण भएको देखिएको प्रहरीले जनाएको छ।