समाचार

    Showing 10,401-10,410 of 25,709 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान  कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 355 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 359 पटक पढिएको
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 477 पटक पढिएको
  • ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुँदा शाहीको दैनिकी फेरिएको छ ।सँधै खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनी त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेको बताएका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।तरकारी खेती पहिलेदेखि

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 376 पटक पढिएको
  • भेनेजुएलाले बनायो चीनसँग सम्बन्ध झल्काउने स्मारक

    एजेन्सी । चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव अवसरमा  भेनेजुएलाले बुधबार काराकसमा स्मारक प्लाजा र स्मारकको अनावरण गरेको छ ।जसमा राष्ट्रपति निकोलस मादुरो र देशका लागि चिनियाँ राजदूत लान हुको उपस्थिति थियो। सो अवसरमा राष्ट्रपति मादुरोले विश्व फासिस्ट विरोधी युद्धमा विजय हासिल गर्न चीनको महत्वपूर्ण भूमिकाप्रति गहिरो कृतज्ञता व्यक्त गरे।‘यहाँ, हामीले फासीवाद विरुद्ध चिनियाँ जनताको प्रतिरोधमा विजयको ८० औं वार्षिकोत्सवको श्रद्धांजलीस्वरूप यो स्मारक वा मूर्तिकला र यो भव्य वर्ग निर्माण गरेका छौं,’ उनले भने। उक्त स्मारक क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 499 पटक पढिएको
  • नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 282 पटक पढिएको
  • सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 291 पटक पढिएको
  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहो¥याएका छन् ।शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए । मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे । नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 206 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 540 पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 384 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.