समाचार

    Showing 10,281-10,290 of 19,705 items.
  • प्रतिनिधि सभाको वर्षे अधिवेशन अन्त्य

    काठमाडौं- प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चालु चौथो अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य हुने घोषणा गरेका हुन् । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो (आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 457 पटक पढिएको
  • सहकारी छानबिन समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो

    काठमाडौं- प्रतिनिधिसभाले सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।आज बसेको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आवश्यक कारबाहीका लागि सरकारलाई पठाएको हो । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन पेश गर्दै सभापति थापाले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरुसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए । सहकारी ठगिको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 506 पटक पढिएको
  • अमेरिका भ्रमणमा नेपालको शीर नझुक्नेगरी काम गर्छु : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर झुक्नेगरी कुनैपनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् । आज प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा जानेछन् ।आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्ने प्रधानमन्त्री ओलीले महासभामा उठाउने एजेण्डाबारे संसदलाई जानकारी गराउँदै नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 308 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिमा एमालेकी तुलसा दाहाल निर्वाचित

    काठमाडौं- विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छन् । आज भएको समिति सभापति निर्वाचनमा दालले नेकपा (एकीकृत समाजवादी) की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गरेकी हुन् । समितिमा दुवै तर्फको ७/७ मत प्राप्त भएपछि समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले सभापतिको तर्फबाट दाहाललाई आफ्नो मत दिएका थिए । सभापतिमा निर्वाचित भएसँगै उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गरे । सो क्रममा उनले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताइन् । ‘यो नियमित प्रक्रिया हो । अहिले दुई दुई वर्षको सम

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 113 पटक पढिएको
  • नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ

    काठमाण्डौ । नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।नेपाली एक हजार रुपैयाँका ११५ थान नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सिन्धुपल्चोकको सुनकोशी गाउँपालिका३ घर भै हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन्।ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका-८ सौगलमा उनले भाडामा लिएको कोठाबाट एक हजार दरका ११५ थान नक्कली नोट र फोटोकपी मशिनसहित नियन्त्रणमा लिइएको हो ।रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 224 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिसमा छलफल

    काठमाडौं – संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे बस्न लागेको छ । यो बैठक २८ भदौमा भएको बैठकको निरन्तरता हो, जसमा कुनै निर्णय नगरी समाप्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, आजको बैठकमा प्रधानन्यायाधीशको सिफारिसका विषयमा प्रमुख छलफल हुने छ । यस बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीशको नियुक्ति र अन्य संवैधानिक नियुक्तिहरूको सिफारिसमा ध्यान केन्द्रित गर्नु रहेको छ । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशको सिफारिस, नियुक्ति प्रक्रिया र कानूनी विवादको समाधान जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।  

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 301 पटक पढिएको
  • बुद्ध एयरको हवाईजहाजमा समस्या आएपछि...

    काठमाडौं–चितवनको भरतपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौंबाट उड्न लागेको जहाजमा समस्या देखिएपछि यात्रुहरूलाई ओरालिएको हो । बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएपछि ट्याक्सी वे इकोमा रोकेर यात्रुहरूलाई ओरालिएको हो । यस घटनाले अन्य जहाजहरूको उडानमा पनि समस्या उत्पन्न भएको थियो । विमानस्थल स्रोतका अनुसार अवतरणमा कुनै समस्या नभए पनि आन्तरिक उडानका जहाजहरू ढिला भएका हुन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 368 पटक पढिएको
  • मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि बिदा

    काठमाडौं–सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार आज मोहम्मद जयन्ती परेको कारण भदौ ३१ गते मुस्लिम समुदायका लागि मात्र बिदा दिने निर्णय भएको जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 410 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक नौकिलोमा एकतर्फी यातायात सञ्चालन

    काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ नौकिलोमा आइतबार सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा रहेको तारजाली भासिएर करिब पाँच मिटर भाग चिरिएको छ । सडक एक फिटजति दबिएको हुँदा यातायात एकतर्फी सञ्चालन गरिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर मर्मत कार्य अघि बढाउने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 357 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक\दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 319 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा