समाचार

    Showing 10,141-10,150 of 25,706 items.
  • जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

    जनकपुर ।  जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ ।आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो । राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए ।भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए । केही व्यक्तिले करीब २०० वटा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 263 पटक पढिएको
  • भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन् : विजय प्रसाद मिश्र

    काठमाडौं ।  नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन् । उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे ।‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ । अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन ।’उनले बार एसोसिएसनको अवस्था पनि समान रहेको भन्दै हाल न्यायिक प्रक्रिया लगभग अवरुद्ध भएको बताए । ‘कामकारवाही अवर

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 355 पटक पढिएको
  • पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस

    काठमाडौं । मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ ।नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ । पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण ग

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 275 पटक पढिएको
  • प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी

    काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले जेनजी आन्दोलनको उपलब्धीको रक्षा र भ्रष्टहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ ।पार्टीका अध्यक्ष रामशरण पाण्डेले जेन्जीहरुले देश बनाउने असल नियतका साथ आन्दोलन गरेपनि त्यसमा घुसपैठको कारण ठूलो क्षति भएको जिकिर गरेका छन् । अध्यक्ष पाण्डेले आन्दोलनका कारण प्रधानमन्त्रीदेखि सरकारका सबै निकाय कुर्सी छाडेर भागिसकेपछि पुनः उनिहरुले संविधान र व्यवस्था जिवित छ भन्नु गलत भएको बताएका छन् ।पाण्डेले पुराना ठूला दलहरुप्रति जनत

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 414 पटक पढिएको
  • सुदन गुरुङको पत्रकार सम्मेलनमा विवाद, धकेलाधकेलपछि कार्यक्रम अवरुद्ध

    काठमाडौं— 'हामी नेपाल' नामक संस्थाका सञ्चालक र आफूलाई 'जेनजी समूह' को अगुवा दाबी गर्दै आएका सुदन गुरुङको आइतबार आयोजित पत्रकार सम्मेलन विवादमा परिणत भएको छ। रिपोर्टर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सार्वजनिक गरिरहेका थिए।कार्यक्रमको क्रममा गुरुङले सरकारप्रति कडा भाषा प्रयोग गर्दै, आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनीसमेत दिए। यस्तै अभिव्यक्तिपछि पत्रकारहरूले प्रश्न उठाउन थालेपछि जिज्ञासाको उत्तर दिने क्रममा गुरुङ उत्तेजित हुँदै गए र केही पत्रकारप्रति धम्कीपूर्ण भाषा प्रयोग गरे।गुरुङको व्यवहारबाट असन्तुष्ट भएका पत्रकारहरू प्रतिवादमा उत्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 711 पटक पढिएको
  • महान्यायाधिवक्ता बडालले राजीनामा दिए

    काठमाडौं— महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बडालले राजीनामा पेश गरेका हुन् ।हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 641 पटक पढिएको
  • अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण

    काठमाडौं— सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै बन्द भएको जानकारी गराएको हो ।जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।विभागको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचन

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 540 पटक पढिएको
  • चितवन कारागारबाट फरार ७४० मध्ये २३५ जना फर्किए

    चितवन— चितवन कारागारबाट फरार भएका कैदीबन्दीहरूमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन्।गत बिहीबार परिवार तथा आफन्तमार्फत सम्पर्क गरिएपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्किन थालेका हुन्। फरार भएका ७४० कैदीमध्ये २३५ जना अहिलेसम्म फर्किसकेका कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।४६ जना महिला कैदीमध्ये २७ जना भित्रिइसकेका छन् भने अन्य केही बाहिरी जिल्लाका कारागारहरूमार्फत सम्पर्कमा आएको जानकारी ढुङ्गानाले बताए। भैरहवा कारागारमा ४ जना र दमौली कारागारमा १ जना कैदी सम्पर्कमा आएका छन्। यस्तै, अन्य कारागारहरूबाट १४ जना कैदीबन्दी चितवन कारागारको सम्पर्कमा आइपुगेका

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 641 पटक पढिएको
  • वाणिज्य बैंक लुटपाटका बेला सडकमा भेटिएको ५ लाख १० हजार रुपैयाँ देउलाले प्रहरीलाई बुझाए

    काठमाडौं— जेनजी आन्दोलनको दोस्रो दिन भएको लुटपाटको क्रममा सडकमा भेटिएको ठूलो रकम एक सचेत नागरिकले प्रहरीको जिम्मा लगाएका छन्।ललितपुर महानगरपालिका–११ निवासी ३७ वर्षीय सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा भएको लुटपाटपश्चात बाटोमा फालिएको अवस्थामा भेटिएको रकम प्रहरीमा बुझाएका हुन्। देउलाले ५०० रुपैयाँ दरका नयाँ नोटमा रहेको ५ लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ खुद्रा रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ।भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटका घटना भएका थिए

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 734 पटक पढिएको
  • ५ हजार किलो गाँजा फेला, दुई ट्रकमा लुकाएर राखिएको अवस्थामा बरामद

    इटहरी — सशस्त्र प्रहरी बलले आइतबार बिहान इटहरीमा दुई वटा ट्रकबाट करिब ५ हजार केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी टोलीले राति १ः३० बजे रोकी राखेको दुई ट्रकबाट १५८ बोरा गाँजा फेला पारेको हो।गाँजा बेवारिसे अवस्थामा एक पेट्रोल पम्पअगाडि पार्क गरिएका ट्रकभित्र लुकाइएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए । ‘गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘ट्रकका चालकहरू भने फरार छन्।’ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गाँजा फेला पारेको सशस्त्र प्रहरीको भनाइ छ । बरा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 1,204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.