समाचार

    Showing 10,091-10,100 of 25,706 items.
  • विप्लव भन्छन पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन

    काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् । विज्ञप्ति जारी गर्दै विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् ।विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ । ‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 565 पटक पढिएको
  • सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

    काठमाडौं— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’यस्त

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 539 पटक पढिएको
  • वीरगन्ज दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा

    काठमाडौं— दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ ।सोमबार पार्टी एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको हो । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिननवाद र माओविचारधारा हुने जानकारी दिए ।त्यसैगरी नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको समेत घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।&nb

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 494 पटक पढिएको
  • सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

    सर्लाही –  नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 438 पटक पढिएको
  • वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

    वीरगन्ज— वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।अविरल वर्षाका क

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 683 पटक पढिएको
  • जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

    हेटौंडा –  हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पह

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 560 पटक पढिएको
  • आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

    जनकपुर— जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।भाडाको घर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 523 पटक पढिएको
  • आजको मौसम : सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ३१ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेको महाशाखाले जनाएको छ ।त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका स

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 386 पटक पढिएको
  • असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    काभ्रेपलाञ्चोक  ।  यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवा

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 334 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य यथावत

    काठमाण्डौ ।   भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो । आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ ।आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य  वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा मूल्यलाई नै यथावत कायम हुने नेपाल आयल निगमले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.