काठमाडौं— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । 

माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । 

उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’

यस्तै, उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर,आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न अगाडि बढ्ने पनि बताए ।