समाचार

    Showing 10,051-10,060 of 25,706 items.
  • ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा जेनजी आन्दोलनका शहीद विनोद महर्जनलाई श्रद्धाञ्जली

    ललितपुर— ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।बुधवार ललितपुर महानगरपालिका–२२ सुन्धारास्थित शहीद महर्जनको निवासमा पुगेर मन्त्री घिसिङले उनको शहादतको सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले शहीदको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।मन्त्री घिसिङले देश र जनताको हक–अधिकारका लागि बलिदान दिने शहीदप्रति कृतज्ञता व्यक्त गर्दै शहीदका सपना साकार पार्ने दिशामा सरकारले प्रतिबद्धता जनाउने बताए।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 581 पटक पढिएको
  • कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

    सुर्खेत— कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए । भागेका मध्ये ५९ जना अझै फरार रहेका छन् । फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 692 पटक पढिएको
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रछाञ्जली

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर

    • प्रकाशित मितिः असोज १, २०८२
    • 579 पटक पढिएको
  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    काठमाडौं— आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो।त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 569 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु

    चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेको थियो ।उक्त घटनामा लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा

    • प्रकाशित मितिः असोज १, २०८२
    • 611 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ असोज ७ देखि निष्कासन हुने

    काठमाडौं— जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।प्रथम चरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि पनि जारी गर्ने जनाएको छ । उक्त आईपीओको निष्कासन तथ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 549 पटक पढिएको
  • तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु

    काठमाडौं— जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो ।आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भए पनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ । नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 645 पटक पढिएको
  • गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

    सुर्खेत— रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो । असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 432 पटक पढिएको
  • आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

    काठमाडौं— आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ । 

    • प्रकाशित मितिः असोज १, २०८२
    • 558 पटक पढिएको
  • राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको जानकारी दिए । उनले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन सम्वत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 589 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.