ललितपुर— ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बुधवार ललितपुर महानगरपालिका–२२ सुन्धारास्थित शहीद महर्जनको निवासमा पुगेर मन्त्री घिसिङले उनको शहादतको सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले शहीदको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

मन्त्री घिसिङले देश र जनताको हक–अधिकारका लागि बलिदान दिने शहीदप्रति कृतज्ञता व्यक्त गर्दै शहीदका सपना साकार पार्ने दिशामा सरकारले प्रतिबद्धता जनाउने बताए।