राजनीति

    Showing 9,771-9,780 of 10,379 items.
  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

    काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद् बैठक राष्ट्रियसभाको अधिवेशन गर्ने निर्णय गरेको थियो । आजै राती १२ बजेदेखि राष्ट्रियसभाको अन्त्य भएसँगै असार २९ गतेका लागि तय भएको राष्ट्रियसभाको बैठक समेत स्वत अन्त्य भएको संसद् सचिवालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 272 पटक पढिएको
  • सङ्घीय नमूना युवा संसद् आजदेखि

    काठमाडौँ / राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । प्रदेश नमूना युवा संसद्बाट छनोट भएका देशभरिका ८० जना १६ देखि २४ वर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअलमाध्यमबाट सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो ।परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकासका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए । प्रदेशस्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेशसभा सञ्चालन गरिसकेका युवा सङ्घीय युवा संसद्मा सह

    • प्रकाशित मितिः असार २८, २०७८
    • 92 पटक पढिएको
  • सर्वोच्चको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचायो : माधव नेपाल

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्युँतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।संविधानमा केही अस्पष्टता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः असार २८, २०७८
    • 133 पटक पढिएको
  • सर्वोच्चको फैसला (पूर्णपाठसहित)

    बिर्तामोड / सर्वोच्च अदालतले संसद् विघटनलाई  असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि सोमबार फैस

    • प्रकाशित मितिः असार २८, २०७८
    • 119 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक साउन ३ गते भित्र बोलाउन सर्वोच्चको आदेश

    काठमाडौं  / सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६(५) मा ह्विप नलाग्ने भनेको छ ।गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकिर गर्द

    • प्रकाशित मितिः असार २८, २०७८
    • 134 पटक पढिएको
  • देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

    काठमाडौं  / सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई  २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको हो । सर्वोच्चको फैसलामा देउवालाई भोलि (मङ्लबार) २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्चको संव

    • प्रकाशित मितिः असार २८, २०७८
    • 134 पटक पढिएको
  • सर्वोच्चद्वारा संसद् विघटन बदर

    काठमाडौं / सर्वोच्च अदालतले संसद् विघटनलाई  असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । पहिलोपटक संसद् विघटन भई अदालतले पुनर्स्थापना गराएको ३ महिनापनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद् विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् ।त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतले

    • प्रकाशित मितिः असार २८, २०७८
    • 172 पटक पढिएको
  • एमाले आन्तरिक विवाद समाधानका लागि १० बुँदे सहमति

    काठमाडौँ / नेकपा एमाले आन्तरिक विवाद समाधानका लागि कठित कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको छ ।लामो कसरत, प्रतीक्षा र उतारचढावबीच दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि १० बुँदे सहमति सार्वजनिक गरेको हो । कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा (एमाले) दलभित्र उत्साह पैदा भएको छ । ‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ ।प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र

    • प्रकाशित मितिः असार २८, २०७८
    • 156 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा माओवादी केन्द्र वैधानिक ठहर

    बिर्तामोड / माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा परेको मुद्दाको फैसला आज भएको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्र अवैधानिक भन्दै परेको मुद्दाको फैसला गरेको हो ।   आयोगले बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र संवैधानिक र कानूनी शर्त पूरा गरेर दर्ता भएकोले उक्त दलको वैधानिकता रहेको भन्दै निवेदनउपर केही गर्न नपरेको बताए।आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्

    • प्रकाशित मितिः असार २७, २०७८
    • 97 पटक पढिएको
  • गाउँपालिकाले छोरी जन्मिए १५ हजार बचत गरिदिने

    चन्द्रौटा / कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी १५ हजार रुपैयाँ बचत कार्यक्रम ल्याएको छ ।ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार रुपैयाँ बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ”, उनले भने । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च

    • प्रकाशित मितिः असार २७, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.