राजनीति

    Showing 9,701-9,710 of 10,379 items.
  • ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने तयारी

    काठमाडौँ / केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने तयारी भइरहेको छ । संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो ।गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 121 पटक पढिएको
  • नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरु बीचको छलफल बढ्दै गएको छ ।यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 127 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

    काठमाडौँ / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 80 पटक पढिएको
  • माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण

    काठमाडौँ / नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदलाई  कारवाही गर्ने  जनाएको हो ।एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपाल सहितका सांसदले पार्टी विधिविधान र निर्णय विरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 107 पटक पढिएको
  • काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल

    काठमाडौँ / नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गरेका हुन् । सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९० बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोख्रेल रहेका छन् ।

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 117 पटक पढिएको
  • देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन्। सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताएका छन् । त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका हुन्।

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 102 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।  आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ। आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए।गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए।सर्वोच्चले

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 219 पटक पढिएको
  • राजेन्द्र लिङदेन: विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ

    काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन्  । उनि भन्छन्, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ।”उनले अनुहार परिवर्तनले देशलाई निकास दिन्छ भन्ने विश्वास नभएको उल्लेख गर्दै सत्तासंघर्षको यो कुरुप दृश्यमा राप्रपा तटस्थ बस्ने बताएका हुन्। लिङदेनले सत्तासंघर्षको राजनीतिले संविधान असफल भएको पुष्टि भएको बताएका छन्।उनि भन्छन् 'विश्वकै उत्कृष्ट संविधान भने

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 112 पटक पढिएको
  • कार्यदलमा रहेका नेपाल निकट सांसदले मत नदिने

    काठमाडौँ  / नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बस्ने भएका छन् ।प्रधानमन्त्री देउवाले राखेका  विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिनुभएको छ । उनिहरुसँगै निस्किएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिने बताए

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 107 पटक पढिएको
  • खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिएका हुन्।कोभिड महामारीको तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झट

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.