राजनीति

    Showing 9,691-9,700 of 10,379 items.
  • गण्डकीमा काँग्रेसले लगायो मन्त्रीको टुंगो

    बिर्तामोड / नेपाली काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् ।काँग्रेसमा गूट उपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो । यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।काँग्रेसले तीन

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 180 पटक पढिएको
  • कांग्रेस महाधिवेशनको तालिका परिवर्तन हुने

    काठमाडौं / नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ ।कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अधिवेशनको अन्य तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधि

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 95 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच वालुवाटारमा भेटवार्ता

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका बिच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा किकुटाबीच भेटवार्ता भएको छ । बिहीबार  भएको भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् । यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 86 पटक पढिएको
  • पार्टीलाई आघात पुर्‍याउनेलाई आममाफी

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै सुम्पिएको छ । विपक्षी गठबन्धनलाई सहयोग गर्ने र पार्टीलाई आघात पुर्‍याउनेलाई आममाफी दिएर भएपनि एकताको लागि प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको हो ।विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 94 पटक पढिएको
  • ओली पक्षको भेलामा कुर्सी तोडफोड

    मोरङ / मोरङ जिल्लामा एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहको कार्यक्रममा कुर्सीहरू तोडफोड भएको छन्। ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै आयोजना गरेको निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको थियो । तोडफोड कसले गरेको खुल्न नसकेको र तोडफोड गर्ने समूहको खोजी भइरहेको पनि उनले बताएका छन् ।एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नगर संयोजक गंगा बास्तोलाले ओली समूहका असन्तुष्ट नेता कार्यकर्ताले घटना गराएको हुन सक्ने बताएका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 94 पटक पढिएको
  • एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन् । पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 90 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफललाई बैठकमा निरन्तरता दिइरहेको हो ।बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका थिए । ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 111 पटक पढिएको
  • देउवासँग मधेशका मुद्दा सम्बोधन गर्न ठाकुरको आग्रह

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।देउवासँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत ल

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 200 पटक पढिएको
  • जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

    काठमाडौ / जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पारित भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको विधान सर्वसम्मतिले पारित गरेको हो ।बैकठमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने बैठकले निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको उपेन्द्र पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ ।जसपाको महन्थ ठाकुर राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 105 पटक पढिएको
  • विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

    काठमाडौँ / मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता । मिति २०७८ साउन ५ गते

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.