राजनीति

    Showing 8,481-8,490 of 10,378 items.
  • माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 123 पटक पढिएको
  • बुधबारको बैठकमा एमसीसी पेश हुनसक्ने नेता कोइरालाको भनाई

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।कोइरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् । नेता कोइरालाले एमसीसीको रुपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 187 पटक पढिएको
  • मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो : सचिवालय

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 92 पटक पढिएको
  • सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

    काठमाडौँ / सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताइएको छ।आज नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 126 पटक पढिएको
  • एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।भोलिको संसद बैठकमा एमसिसी पेश गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठक जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।संसद् बैठक भोलिका लागि बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आजै बस्दै छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 94 पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

    काठमाडौं / मधेस प्रदेशको प्रदेशसभाको बैठक यहि फागुन १० गते दिउँसो २ बजे बस्ने भएको छ ।आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएकोथियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 151 पटक पढिएको
  • कामु प्रधानन्यायाधीश कार्कीले बोलाए शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक

    काठमाडौँ / संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले सर्वोच्चको पूर्ण बैठक बोलाएका छन्। न्यायाधीशहरू सँगको छलफलपछि कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा रहेका छन् । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाएका हुन् ।बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको बताइएको छ । सर्वोच्चकै न्यायाधीशहरूल

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 121 पटक पढिएको
  • ‘सांसदहरुको हस्ताक्षर सङ्कलन भएको छ, आवश्यक परे प्रयोग गर्छौं’

    काठमाडौँ / नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकले सो महाभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) लाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको निष्कर्ष निकालिएको सो दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।भट्टराईले एमालेले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वस्तुस्थिति विश्लेषण गरेर शीर

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 142 पटक पढिएको
  • एमसीसी संसद्मा टेबुल हुन कसैले रोक्दैन : पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । नेता पौडेलले सोमबार काठमाडौंमा आयोजित आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले भने, – ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्मा एमसीसीबारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’   नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए । राणामाथि नेपाल बार एसोसियसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभि

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 98 पटक पढिएको
  • एमाले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा !

    काठमाडौं / सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । यसबारे आजको संसदीय दलको बैठकमा छलफल हुने उनले बताए । एमालेले यस अघिदेखिनै प्रधानन्यायाधीशसहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । २०७७ साल फागु

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.