राजनीति

    Showing 7,561-7,570 of 10,368 items.
  • नागरिकता विद्येयक फिर्ता लिएर आज नयाँ पेश गरिदै

    काठमाडौँ  / लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विद्येयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसद्मा रहेको नागरिकता विद्येयक फिर्ता लिएर नयाँ नागरिकता विद्येयक पेश गर्न लागेको हो ।विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विद्येयक संसद्मा पेश गर्न लागेको हो ।‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विद्येयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोल

    • प्रकाशित मितिः असार २३, २०७९
    • 72 पटक पढिएको
  • बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सुरु

    बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेका थिए। १० वटा मतदानस्थल र १९ वटा केन्द्र

    • प्रकाशित मितिः असार २३, २०७९
    • 85 पटक पढिएको
  • एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्न आयोगको प्रस्ताव

    काठमाडौँ / निर्वाचन आयोगले संघीय चुनावका लागि आगामी मंसिर २ गतेका लागि मिति प्रस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगका पदाधिकारीले संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकै चरणमा गर्न प्रस्ताव गरेका हुन् ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एकै चरणमा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको बताए । आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लग

    • प्रकाशित मितिः असार २२, २०७९
    • 110 पटक पढिएको
  • विवादीत अर्थमन्त्री शर्माले दिए पदबाट राजिनामा

    काठमाडौँ / बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूमाथि लागेका आरोप पुष्टि गर्न चुनौती दिँदै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।आज उक्त घटनाको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति समेत गठन भएको थियो । शर्माले आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन् । शर्मा माथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेक

    • प्रकाशित मितिः असार २२, २०७९
    • 111 पटक पढिएको
  • अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय समिति गठन, को-को छन् सदस्य ? (सूचीसहित)

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गराएपछि चौतर्फी विवादित बनेका अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन भएको हो ।११ सदस्यीय छानबिन समिति गठन भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार उक्त समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक–एक जना सदस्य रहेन छन् । समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढक

    • प्रकाशित मितिः असार २२, २०७९
    • 102 पटक पढिएको
  • अर्थमन्त्रीलाई बर्खास्त गर्न देउवा माथि कांग्रेस नेताहरुको दवाव

    काठमाडौँ / बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका हुन् ।सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् । कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय

    • प्रकाशित मितिः असार २२, २०७९
    • 101 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो, बिहीबार ११ बजे बस्ने

    काठमाडौँ / काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बुधबार १ बजेका लागि बोलाइएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन् । उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन् ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 103 पटक पढिएको
  • अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्दै माओवादी

    काठमाडौं / नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीको विषयमा उत्पन्न विवादबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । बुधबार बसेको पूर्व स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीमाथि उठेका सवाल गम्भीर बन्दै गएको बताउँदै यस सन्दर्भमा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने बताएका थिए ।सरकार र पार्टीका शीर्ष नेताहरूलाई समेत जोडेर सञ्चारमाध्यमहरूले अतिरञ्जित समाचार दिन थालेको भन्दै यस विषयलाई जतिसक्दो चाँडो निष्कर्षमा पुग्नुपर्ने अध्यक्ष प्रचण्डले आफ्नो राय राखेको बैठकमा सहभागी एक नेताले बताए ।तर, अर्थमन्त्री जनार्दन शर्माले

    • प्रकाशित मितिः असार २२, २०७९
    • 112 पटक पढिएको
  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी

    काठमाडौँ / मंगलबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्नेछ । मङ्गलबारको पूर्वस्थायी कमिटी र इन्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले पदाध

    • प्रकाशित मितिः असार २२, २०७९
    • 91 पटक पढिएको
  • ‘सिसिटिभी फुटेज खाने अर्थपूर्ण मुसा’ भन्दै अर्थमन्त्री विरूद्ध प्रदर्शन

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल एमालेनिकट राष्ट्रिय युवा संघले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै  प्रदर्शन गरेका छन्।बिचौलियाको सहयोगमा आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘सिसिटिभी फुटेज खाने अर्थपूर्ण मुसा’,  ‘गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्फी आलोचना भएको छ। फुटेज हटाउने वा ‘सिसिटिभी जडा

    • प्रकाशित मितिः असार २१, २०७९
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.