काठमाडौँ / लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विद्येयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसद्मा रहेको नागरिकता विद्येयक फिर्ता लिएर नयाँ नागरिकता विद्येयक पेश गर्न लागेको हो ।
विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विद्येयक संसद्मा पेश गर्न लागेको हो ।
‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विद्येयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोले भने । उनका अनुसार जन्मसिद्धका सन्तानले वंशजको सरह नागरिकता पाउने पूर्ववत्ः अधिकार संसद्मा नागरिकता विद्येयक अडकिँदा कार्यान्वयन हुन सकेको थिएनन् ।
गृह मन्त्री बालकृष्ण खाँडले २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता विद्येयक २३ गतेको बैठकमा पेश गर्न लागेको जानकारी दिएको जनाएका थिए ।
नागरिकता विद्येयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद् र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका थिए ।






































