काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल एमालेनिकट राष्ट्रिय युवा संघले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै  प्रदर्शन गरेका छन्।

बिचौलियाको सहयोगमा आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘सिसिटिभी फुटेज खाने अर्थपूर्ण मुसा’,  ‘गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्फी आलोचना भएको छ। फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्। 

सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो। त्यसको सर्वत्र विरोध भएको छ।