काठमाडौँ / बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूमाथि लागेका आरोप पुष्टि गर्न चुनौती दिँदै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

आज उक्त घटनाको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति समेत गठन भएको थियो । शर्माले आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन् । 

शर्मा माथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि एमालेको आरोप छ ।

अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । 

बुधबार बिहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । सोहीअनुसार शर्माले अर्थमन्त्रीबाट राजीनामा घोषणा गरेका हुन् ।