काठमाडौँ / मंगलबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । 

आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्नेछ । मङ्गलबारको पूर्वस्थायी कमिटी र इन्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।

OM Sai Pathibhara Hospital

माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । 

तर, हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले पदाधिकारी टुंगो लगाउन माग गरिरहेका छन् ।

साथै आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची पनि छ । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।