काठमाडौँ / काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बुधबार १ बजेका लागि बोलाइएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो । 

OM Sai Pathibhara Hospital

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन् । 

उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन् ।