काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गराएपछि चौतर्फी विवादित बनेका अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन भएको हो ।

OM Sai Pathibhara Hospital

११ सदस्यीय छानबिन समिति गठन भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार उक्त समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक–एक जना सदस्य रहेन छन् । 

समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।

बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल भइरहेको भट्टराईले जानकारी दिए ।