राजनीति

    Showing 7,451-7,460 of 10,368 items.
  • विप्लव नेतृत्वको नेकपाले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने

    झापा / आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भाग नलिने भएको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्का दुवै चुनाव बहिष्कार गर्ने भएको हो ।शान्ति प्रक्रियामा आएपनि अझै पनि मुद्दाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 205 पटक पढिएको
  • अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल

    काठमाडौं / अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल डा पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् । यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 209 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा उम्मेदवारी नदिने

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आम निर्वाचनमा प्रदेशबाट उम्मेदवारी नदिने घोषणा गरेको छ ।पार्टीको केन्द्रीय समितिले प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको अध्यक्ष रवि लामिछानेले बताएका छन् ।यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र उम्मेदवारी दिनेछ अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत बताए । कयौं मानिसले प्रदेश खारेजीको माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको लामिछानेको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 211 पटक पढिएको
  • नागरिकता विधेयक संसोधन नगरी पुनः राष्ट्रपतिसमक्ष पठाउने गठबन्धनको निर्णय

    काठमाडौँ / सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई विना संसोधन अघि बढाउने भएको छ ।बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले विधेयक जस्ताको तस्तै पुनः संसद्मा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने – ‘राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः संसद्ले पास गरेर प्रमाणीकरणका लागि पठाएमा प्रमाणीकरण गर्नैपर्ने व्यवस्था छ, त्यहीअनुसार नागरिकता विधेयकलाई अघि बढाउने सहमति भएको छ ।’२३ असार २०७९ मा प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेको

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 160 पटक पढिएको
  • दल दर्ता गर्ने आज अन्तिम दिन, अहिलेसम्म ६२ दल दर्ता

    झापा / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुदैँछ । मंसिर ४ गते हुने भनिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजबाट समाप्त हुन लागेको हो ।सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।प्रवक्ता पौडेलका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले आयोगमा दल दर्ता गरे पनि नेपाली कांग्रेसले अझैसम्म दर्ता गरेको छैन । राष्ट्रिय मान्यता प्राप्त

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 146 पटक पढिएको
  • सत्ता गठबन्धनको कार्यदलको बैठक आज दिउँसो बस्दै

    काठमाडौं  / सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा बनेको कार्यदलको बैठक सोमबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर  ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलको यसअघि साउन २६ गते बसेको बैठकमा सिट बाँडफाँड कसरी गर्ने भन्ने सन्दर्भमा ढाँचा तयार गर्ने सहमति भएको थियो ।कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले बालुवाटारमा आज बस्ने बैठकमा सिट बाँडफाँटको मापदण्डको आधारमा छलफल अघि बढ्ने जानकारी दिए ।  सिटौला नेतृत्वको

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 126 पटक पढिएको
  • गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन

    झापा / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन कांग्रेसको तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउने समेत बताएका छन् ।  देउवाले भने, –‘स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुन

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 127 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक सरेको प्रचण्ड सचिवालयले जनाएको छ । आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो ।भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 126 पटक पढिएको
  • प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

    काठमाडौँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्न लिएर  निर्वाचन लड्ने भएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आइतबार खुमलटारमा भएको भेटवार्तामा आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो ।स्रोतका अनुसार सहमतिलाई औपचारिक रूप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुबै पार्टीको घोषणापत्र समेत एउटै हुने बताइएको छ । सरकारले संघीय निर्वाचनको मिति आगामी मंसिर ४ गते तोकेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 126 पटक पढिएको
  • संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

    झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले दल दर्ता गराएका हुन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । २२ गतेदेखि २८ गते सम्ममा ४० दल दर्ता भएका छन् । अव दल दर्ता गर्ने समय दुई दिन मात्रै बाँकी रहेको छ । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.