झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले दल दर्ता गराएका हुन् । 

OM Sai Pathibhara Hospital

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । २२ गतेदेखि २८ गते सम्ममा ४० दल दर्ता भएका छन् । अव दल दर्ता गर्ने समय दुई दिन मात्रै बाँकी रहेको छ । 

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्ने छ ।

सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमित रूपमा सम्पादन हुने जनाइएको छ ।