काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आम निर्वाचनमा प्रदेशबाट उम्मेदवारी नदिने घोषणा गरेको छ ।
पार्टीको केन्द्रीय समितिले प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको अध्यक्ष रवि लामिछानेले बताएका छन् ।

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र उम्मेदवारी दिनेछ अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत बताए । कयौं मानिसले प्रदेश खारेजीको माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको लामिछानेको भनाइ छ ।