झापा / आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्का दुवै चुनाव बहिष्कार गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

शान्ति प्रक्रियामा आएपनि अझै पनि मुद्दाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो ।