काठमाडौँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्न लिएर  निर्वाचन लड्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आइतबार खुमलटारमा भएको भेटवार्तामा आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो ।

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार सहमतिलाई औपचारिक रूप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुबै पार्टीको घोषणापत्र समेत एउटै हुने बताइएको छ । 

सरकारले संघीय निर्वाचनको मिति आगामी मंसिर ४ गते तोकेको छ ।