झापा / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुदैँछ । 

मंसिर ४ गते हुने भनिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजबाट समाप्त हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले आयोगमा दल दर्ता गरे पनि नेपाली कांग्रेसले अझैसम्म दर्ता गरेको छैन । 

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरू मध्ये सत्तारुढ दल कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।