काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक सरेको प्रचण्ड सचिवालयले जनाएको छ । आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

OM Sai Pathibhara Hospital

भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।