राजनीति

    Showing 7,201-7,210 of 9,638 items.
  • टिकट खोसिएपछि कांग्रेस कार्यकर्ताद्धारा पार्टी कार्यालय तोडफोड

    चितवन / चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरूले पार्टीको वडा कार्यालय तोडफोड गरेका हुन् ।कांग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन् । कांग्रेसले नगर सचिव समेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो । अ

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 103 पटक पढिएको
  • नेकपाको महासचिवबाट चन्द निष्कासित

    काठमाडौँ / निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले नेत्रविक्रम चन्द (विप्लव) लाई पार्टीबाट निष्कासन गरेको छ । धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको बुधवार चितवनमा भएको भएको भेलाले विप्लवलाई महासचिवबाट निष्कासन गरेको हो ।राष्ट्रिय भेला सुरु हुने बित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाई निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको छ । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले ज

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 110 पटक पढिएको
  • जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    सिराहा / सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।आक्रमणबाट उनी सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि वलीले जानकारी दिए । अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 95 पटक पढिएको
  • नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप ६ जना घाइते

    गैंडाकोट / पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा परि  दुवैतर्फका ६ जना घाइते भएका छन् । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । प्रहरीका अनुसार झडपमा परि घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 92 पटक पढिएको
  • स्थानीय तह निर्वाचन –२०७९ : १ लाख ४५ हजार उम्मेदवार सहभागी हुने(सूचीसहित)

    झापा / निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । आयोगले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ । झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । 

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 127 पटक पढिएको
  • माओवादीका आधिकारिक र बागी पक्षबीच झडप

    नेपालगन्ज / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –१ मा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप हुँदा ६ जना घाइते भएका छन् । मंगलबार बिहान माओवादीबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप भएको हो ।घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । प्रहरीका अनुसार घाइते मध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था भने गम्भीर रहेको छ । उनीहरूको नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।सुन्दरले माओवादी केन्द्रबाट टिकट

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 106 पटक पढिएको
  • आज प्रधानमन्त्री देउवा विराटनगर आउँदै

    झापा / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मोरङको विराटनगर आउँदैछन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँन लागेका हुन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । उक्त साताव्यापी चुनावी आमसभा कांग्रेसले विराटनगरबाट सुरु गर्न लागेको हो ।साताव्यापी चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 92 पटक पढिएको
  • काठमाडौँकी उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ  / नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी सुनिता डंगोल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी दर्ता भएको हो ।उनीविरुद्ध दायर भएको उजुरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको  नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 360 पटक पढिएको
  • एमालेद्वारा सात बागी उम्मेद्वारलाई कारबाही

    उदयपुर / पार्टी हितविपरीत काम गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कारवाही गरेको छ। पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका सबैलाई कारवाही गरिएको हो।कारवाहीमा पर्नेमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही गाउँपालिका वडा नं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान बिक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन्।पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 99 पटक पढिएको
  • एमालेका वडा कमिटी अध्यक्ष खड्का पार्टीबाट निष्कासित

    इलाम /  नेकपा (एमाले)ले इलाम नगरपालिका –९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाई जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको छ।पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले जिल्ला अनुशासन कमिटीले खड्कालाई वडा कमिटीबाट बर्खास्त गर्दै पार्टीको साधारण सदस्यतासमेत खारेज गरेको हो। अनुशासन कमिटी संयोजक तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र पठाएका छन्। खड्काले पार्टी निर्णयविपरीत आउँदो स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 97 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.