बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि मंसिर १ गते मेचीनगर -६ को  इँटाभट्टामा र गौरीगञ्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह-इञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सविना बजगाईँ उम्मेद्वार रहेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरुका लागि चुनावी सन्दर्भमा महत्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमाबुवा, दिदीबहिनी र दाजुभाइलाई आमसभामा सहभागिताका लागि अपिल गरेका छन् । मंसिर ४ को चुनावपछि मुलुकमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले झापा १ का मतदाता ओलीको चुनावी सभालाई भव्य र सफल बनाउन आतुर रहेको प्रदेश १ का उम्मेद्वार कोइरालाले बताए ।