झापा / आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर २, ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

मंसिर २ गते मतदानस्थल भएका विद्यालय तथा ४ र ५ गते सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी दिए । 

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदैछ । अहिले देशभर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् ।