काठमाडौं  / ललितपुर क्षेत्र नम्बर –१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनशन बसेका छन्  

बिभिन्न ७ बुँदे माग राख्दै डा. सचिन आज (मंगलबार) देखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन् ।

OM Sai Pathibhara Hospital

डा. सचिनले पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।

गाउँमा बाँदरले दुःख दिएको भन्दै यसको व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग माग गरेका छन् । त्यस्तै उनले २ जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन समेत माग गरेका छन् । 

यसैगरी गोदावरी नगरपालिकाले महिला स्वयंमसेविका मार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर बिक लगायतको उपचार गर्नुपर्ने उनको माग छ । 

उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन् ।