राजनीति

    Showing 7,171-7,180 of 10,368 items.
  • काठमाडौं- ४ मा गगनको अग्रता कायमै

    काठमाडौं /  काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ ।  हालसम्म खसेको ४ हजार २१६ मतमध्ये गठबन्धनको तर्फबाट साझा उमेदवार नेपाली कांग्रेसका गगन कुमार थापाले २ हजार २६ मत प्राप्त गरेका छन् । यता, एमालेका राजन भट्टराईले १ हजार ५८२ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 117 पटक पढिएको
  • चितवन २ मा मतगणना सुरु

    चितवन  / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो । सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 105 पटक पढिएको
  • सर्लाही ३ मा माओवादीको अग्रता , एमाले पछ्याउँदै

    झापा / सर्लाहीको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्रा साहले ६ सय ३५ मत ल्याएका छन् । एमालेका हरी उप्रेतीले ५ सय १५ ल्याएका छन् । मतगणना जारी छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 249 पटक पढिएको
  • सुर्खेतको सिम्तामा पुनः मतदान हुने

    सुर्खेत / सुर्खेतको सिम्तामा मंगलवार पुनः मतदान हुने भएको छ ।जिल्लाको क्षेत्र नम्बर– १ को सिम्ता गाउँपालिका –६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो ।निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधि सभाका १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो ।निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार सो क्षेत्रमा मंगलबार विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हने छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 101 पटक पढिएको
  • स्याङ्जा २ मा गठबन्धनलाई बुथ कब्जाको आरोप, पुनः मतदान गर्न माग

    स्याङ्जा / स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघबहादुर आलेसहितले कांग्रेस उम्मेदवार धनराज गुरुङकै अगुवाइमा धाँधली भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।गठबन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरे

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 92 पटक पढिएको
  • सुरु भयो झापा ४ र ५ को मत मतगणना

    झापा / झापा निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघिमात्रै प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मतगणना सुरु भएको हो ।झापा ४ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली कांग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायत प्रतिस्पर्धामा छन् ।त्यस्तै झापा –५ मा प्रतिनिधिसभा सदस्यतर्फ ओलीसँगै नेपाली कांग्रेसबाट खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायतको उम्मेदवारी छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 96 पटक पढिएको
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेनको अग्रता

    बिर्तामोड / झापा ३ मा ५०० मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन २२७ मत प्राप्त गरेका छन् । यसैगरी कांग्रेस कृष्ण सिटौला २१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका प्रकाश पाठकले २१ मत प्राप्त गरेका छन् । झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ भने कृष्ण सिटौलाले गठबन्धनमा आबद्ध दलको साथ पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 120 पटक पढिएको
  • झापा –२ मा एमालेका घिमिरेको अग्रता, पछ्याउँदै गठबन्धनका राना

    बिर्तामोड / झापा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । १२ः३० बजेसम्म प्राप्त मतपरिणामअनुसार एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिइरहेका छन् भने गठबन्धनका उम्मेदवार हरिकुमार रानाले पछ्याइरहेका छन् । हालसम्म प्राप्त मतपरिणामअनुसार जम्मा तीन हजार ८७७ मत गणाना गर्दा घिमिरेले एक हजार  ४२६ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने रानाले ८४८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल ८०६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्रप्रसाद गिरी ४७४ मत सहित चौथो स्थानमा छन् ।हालसम्म २४५ मत बदर भएक

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 100 पटक पढिएको
  • कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी

    झापा / नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ । मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई नौ सय १४ मतान्तरले पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 119 पटक पढिएको
  • तेह्रथुमको छथरमा मंगलबार पुनः मतदान हुने

    तेह्रथुम  / तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ । राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.