स्याङ्जा / स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।

स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघबहादुर आलेसहितले कांग्रेस उम्मेदवार धनराज गुरुङकै अगुवाइमा धाँधली भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

OM Sai Pathibhara Hospital

गठबन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौँ पटक मतदान गरेको आरोपसहित उनीहरूले उजुरीमा उल्लेख गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।