काठमाडौं /  काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ ।  हालसम्म खसेको ४ हजार २१६ मतमध्ये गठबन्धनको तर्फबाट साझा उमेदवार नेपाली कांग्रेसका गगन कुमार थापाले २ हजार २६ मत प्राप्त गरेका छन् । यता, एमालेका राजन भट्टराईले १ हजार ५८२ मत पाएका छन् ।