बिर्तामोड / झापा ३ मा ५०० मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन २२७ मत प्राप्त गरेका छन् । यसैगरी कांग्रेस कृष्ण सिटौला २१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका प्रकाश पाठकले २१ मत प्राप्त गरेका छन् । झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ भने कृष्ण सिटौलाले गठबन्धनमा आबद्ध दलको साथ पाएका छन् ।