तेह्रथुम  / तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ । 

राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो । उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।