सुर्खेत / सुर्खेतको सिम्तामा मंगलवार पुनः मतदान हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर– १ को सिम्ता गाउँपालिका –६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो ।

OM Sai Pathibhara Hospital

निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधि सभाका १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो ।

निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार सो क्षेत्रमा मंगलबार विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हने छ ।