राजनीति

    Showing 6,901-6,910 of 10,368 items.
  • प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा.युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा। शर्मा नियुक्ति भएका हुन् । डा.शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा। शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए । ‘पाटन अस्पतालमा भएको साथ

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 106 पटक पढिएको
  • शहनाजको शोक प्रस्ताव पारित गर्दै प्रतिनिभि सभा बैठक स्थगित

    झापा । प्रतिनिधि सभाको आज सोमबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेर बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भउको छ ।जनता समाजवादी पार्टी जसपा नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 138 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’ उनले भने ।१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकम

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 145 पटक पढिएको
  • सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ ।गोरखामा निर्माण भएकाे माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याउनुभयो ।'यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा पालिका र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 162 पटक पढिएको
  • एमाले सरकारबाट बाहिरिने

    झापा । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 125 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीका कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।प्रधानमन्त्री दाहालले आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन् ।

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 265 पटक पढिएको
  • परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई जेनेभा जान रोकियो

    स्वीट्जरल्यान्डको जेनेभामा हुने राष्ट्र राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री विमला राई पौड्याललाई रोकेर नेकपा एसनिकट पूर्वमन्त्री गोविन्द बन्दीलाई पठाइएको छ । जेनेभा जाने अन्तिम तयारी रहेकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेका थिए । प्रधानमन्त्रीले भ्रमणमा नजान सन्देश पठाएपछि आफू त्यसतर्फ नगएको पौड्यालले बताएकी थिइन् । बन्दीसहित जना आइतबार बेलुका सात बजेर ५० मिनेटमा कतार एरवेजको विमानमार्फत कतारको दोहा प्रस्थान गरेका छन् । सो प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 255 पटक पढिएको
  • राष्ट्रपतिमा सुवास नेम्वाङलाई मत दिन एमालेकाे आग्रह

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सां

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 224 पटक पढिएको
  • एमालेले सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने

    काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।एमाले सचिव योगेश भट्टराईले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 155 पटक पढिएको
  • कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो।पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन् ।पौडेलले दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.